काठमाडौं। नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्षतर्फ केपी शर्मा ओली पक्षका चारजना विजयी भएका छन्।
मत परिणामअनुसार, ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त उपाध्यक्षमा निर्वाचित भएका हुन्।
ईश्वर पोखरेल पक्षबाट एकजना मात्र विजयी भएका छन्। पोखरेल पक्षका गोकर्णराज विष्ट उपाध्यक्षमा विजयी भएका छन्।
मत गणना बिहीबार सम्पन्न भएको एमाले निर्वाचन आयोगले जनाएको छ।










प्रतिक्रिया