Logo

राजनीति

पृथ्वीसुब्बा गुरुङले एमाले पदाधिकारीमा सर्वाधिक मत प्राप्त



काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा उपाध्यक्ष पदमा विजयी पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन् ।

एमाले निर्वाचन आयोगका अनुसार गुरुङले एक हजार ७३७ मत प्राप्त गर्दै पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका हुन् । त्यस्तै, उपाध्यक्ष पदमै विजयी भएका विष्णुप्रसाद पौडेलले एक हजार ६७५ मत प्राप्त गरी दोस्रो सर्वाधिक मत पाएका छन् ।

महाधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : ४३ बजे