Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य तथा विनिमय दरको आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ११ : २० बजे