काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानमा बुधबार साँझ ७ बजेसम्म करिब ११ सय मत खसेको छ ।
एमाले निर्वाचन आयोगका अनुसार मतदान बुधबार बिहान ९ः१५ बजेदेखि रामलक्ष्मण भोटिङ मेसिनमार्फत सुरु भएको हो । आयोग सचिव कुन्साङ लामाका अनुसार मतदान प्रक्रिया जारी छ ।
महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका छन् । नेतृत्व चयनका लागि दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।










प्रतिक्रिया