काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार पुस २ गते विज्ञप्ति जारी गर्दै मतदान केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख (गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुख) सम्मिलित निर्वाचक मण्डल रहनेछ। आयोगका अनुसार प्रदेशसभा सदस्यका लागि छुट्टै (क) मतदान केन्द्र र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टै (ख) मतदान केन्द्र व्यवस्था गरिएको छ।
प्रदेशगत रूपमा मतदान केन्द्र यसप्रकार तोकिएको छः
कोसी प्रदेश: प्रदेश निर्वाचन कार्यालय, कोसी प्रदेश परिसर, विराटनगर (मोरङ)
मधेस प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर
बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा (मकवानपुर)
गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेश परिसर, कास्की
लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)
कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय, वीरेन्द्रनगर (सुर्खेत)
सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय, धनगढी (कैलाली)
आयोगले तोकिएका केन्द्रमै निर्वाचन प्रक्रिया सञ्चालन हुने जनाएको छ।










प्रतिक्रिया