Logo

मुख्य समाचार

ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी



काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित राजनीतिक नेतृत्वलाई आगामी हप्ता बयानका लागि बोलाउने तयारी गरेको छ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले बाँकी सबै सरोकारवालासँग बयान लिने तयारी गरेको जानकारी दिए। “हामी सबैलाई बोलाउँछौँ। अर्को हप्ता बोलाउँछौँ,” अध्यक्ष कार्कीले भने।

जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अन्तरिम सरकारले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही सिफारिस गर्न कार्की नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगले यसअघि विभिन्न सरोकारवालासँग बयान लिँदै आएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ०० बजे