काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् ।
मतदान गर्न बाहिरैदेखि लामो लाइनमा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू एक अर्कालाई चिनाउँदै भोट मागिरहेका देखिन्छन् । महाधिवेशनमा सहभागी एमाले नेता ठाकुर प्रसाद गैरेले प्राविधिक कारणले हिजो बेलुकै हुनुपर्ने मतदान आजबाट सुरु भएको जानकारी दिएका छन् ।
त्यस्तै, लाइनमै बसेका केन्द्रीय कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि तुलसी प्रसाद न्यौपानेले फरक शैलीमा मत मागिरहेका छन्। उनले केन्द्रीय कमिटी सदस्य पदका लागि पुनः मत मागेको बताएका छन् । अर्का प्रतिनिधि अफिलाल उखेडाले पनि पार्टीका केन्द्रीय सदस्यहरूले आफैं मत मागिरहेको जानकारी दिए ।
महाधिवेशनलाई महाकुम्भ मेलासँग तुलना गर्दै यस अवसरमा सबैले सक्रिय सहभागिता जनाउनुपर्ने प्रतिनिधिहरूको भनाइ छ। महाधिवेशन प्रतिनिधि महेन्द्रदेव श्रेष्ठले एमालेको महाधिवेशन शान्तिपूर्ण रूपमा भइरहेको बताए ।
यसरी नेकपा एमालेको ११औँ महाधिवेशन व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भइरहेको पार्टीले जानकारी दिएको छ ।










प्रतिक्रिया