Logo

मुख्य समाचार

मन्त्रीहरुले आयोगलाई भने : निर्वाचनको वातावरण बढाउनु भएकोमा धन्यवाद



काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् ।
मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए ।
निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटकासाथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै छाड्ने दावी गरे ।
उनले भने,‘राष्ट्रपतिज्यूबाट घोषणा भएको जुन निर्वाचन छ, घोषणा भएको दिनदेखि नै आयोग शुन्य अवस्थामा उठेर अहिले झण्डै ७० प्रतिशतको काम सकिसकेको छ । निर्वाचन प्रकृयाको माहोलमा गएको र वातावरण सृष्टि भइसकेको छ । निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो । आयोग र सरकार अठोटकासाथ लागि परेको छ । निर्वाचन समयमै सम्पन्न हुन्छ ।’
त्यस्तै निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउनेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।
विगतमा गाडी नचाहिने मान्छेहरू ओसारपोसार गर्छन् भनेर सवारी आवागमनमा रोक लगाएको भन्दै यसपाली रोक नलगाउने पक्षमा आयोग पुगेको बताएका हुन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १९ बजे