Logo

अर्थ

सेयर बजार १८.३७ अंकले बढ्यो, कारोबार तीन अर्ब २९ करोड रुपैयाँ



काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बजार ०.७० प्रतिशतले वृद्धि भएको हो ।

कारोबार भएका कम्पनीहरूमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन कुल तीन अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच भएका छन् । अघिल्लो कारोबार दिन तीन अर्ब ४४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल, बाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंकको सेयर कारोबार उच्च रहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : २० बजे