१ पुस २०८२, मंगलबार
१ पुस २०८२, मंगलबार
काठमाडौँ। गायिका विन्दु परियारले आफ्नो साङ्गीतिक यात्रामा नयाँ मोड थप्दै र्यापर आश्मान केसीसँगको सहकार्यमा नृत्य शैलीको गीत ‘च्वाप्प मोइ’ ल्याएकी छिन् । पारम्परिक गायन छविबाट एक कदम अघि बढ्दै विन्दुले यसपटक डान्सेबल ट्र्याक र र्याप फ्युजनमार्फत आफूलाई नयाँ शैलीमा प्रस्तुत गरेकी हुन् । पाश्र्वसँगै आधुनिक गीतसङ्गीतमा चिनिएकी विन्दुले नयाँ शैलीको गीतले नयाँ दर्शकसम्म पुर्याउने विश्वास व्यक्त गरिन् ।
‘आधुनिक र र्याप गीतको फ्युजनले दर्शकलाई नयाँ दिनेछ भन्ने लागेको छ । अहिलेको समयानुकुल गीत बनाउने कोसिस गरेको छु । यो गीतले विशेषत नाच्न रुचाउने दर्शकलाई आकर्षण गर्छ भन्ने लागेको छ’, गायिका विन्दुले भनिन् ।
गीतमा गायिका विन्दु परियार तथा गायक एवं र्यापर आश्मान केसीले स्वर दिएका छन् । उक्त गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओमा विन्दु र आश्मानको जुगल्बन्दी तारिफ योग्य छ ।
गायिका विन्दुले आफ्नो गीतमा देखिने सपना यसपटक पुरा भएको बताइन । उनले भनिन्, ‘आफ्नो गीतमा नाचौं–नाचौं लागेको थियो । यसपटक त्यो सपना पुरा भयो । यसपटक नाच्ने शैलीको गीत तयार गरेको छु । आश्मानजीसँगको कोल्याबले पृथकता दिएको महसुस भएको छ । गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौँ ।’
उनले गीतमा पहिलोपटक मोडलिङ गरेको बताउदै नयाँ अनुभव सङगालेको बताइन । गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्यापर आश्मानले निर्देशन गरेका हुन् ।