बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका विगत चार महिनादेखि अन्धकार बनेको छ । यहाँका अधिकांस गाउँबस्ती यतिवेला विद्युत सेवाबाट प्रभावित बनेका छन्। गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँबस्ती अन्धकार बनेका हुन् ।
विच्छ्या खोलामा आएको बाढीले विद्युत नहरसंगै स्थानीका घरजग्गा बगाएर करोडौंको क्षति भएको थियो । बाढीबाट प्रभावित व्यक्तिहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् । जाडो महिनामा पाल टागेर बस्नुपर्ने बाध्यता उनीहरुमा छ । ०७८ फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाले एकसय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत सेवाको उपभोग गरिरहेका थिए ।
नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट बञ्चित भएका छन्। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारसमेत भत्किएका थिए । पालिकाले दुई महिनामा त्यसैलाई पुनः मर्मत गरेर स्थानीयलाई सहज गर्दै आएको भए पनि बत्ती बाल्न भने सकेको छैन् । भत्किएको नहर निर्माण गरेर बत्ती सञ्चालन गर्न ठुलो रकमको आवश्यक हुँदा विद्युत प्रवाह गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको बजेटले विद्युत आपुर्ति गर्न नसकिने हुँदा गत असार अन्तमि देखि हालसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए । उनका अनुसार,भत्केको नहर निर्माणका लागि आफूले विभिन्न निकायसंग समन्वय,सहकार्य गरेको भए पनि काम हुन नसकेको जानकारी दिए।
बाढिले विद्युत नहरमा ठुलो क्षति भएको छ । मल्लले भने,‘पाँच महिनादेखि यहाँका करिब १२ सय घरधुरी अँध्यारोमा बस्न बाध्य छन् । नहर निर्माण गरेर सञ्चालन गर्न पालिकासंग रकम नभएकोले प्रदेश र केन्द्रसंग समन्वय गरिरहेको छु । तर कहींबाट समस्या समाधानको लागी सहयोग भएको छैन् ।’
देशकै अती दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ । शिक्षा, स्वास्थ, यातायात, विद्युत, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति समेत गरेको छ । गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियान अन्तर्गत कादुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा विजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ ।
यहाँको क्युडी गाउँबाहेक सबै वडामा बिजुली पुगेको छ । बर्षौदेखि टुकी,झरोको सहायताले अध्यारोमा रात कटाउदै आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रुपमा साकार हुँदै गइरहेको गाउँपालिकाले जनाएको छ । विगत पाँच महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार छन् ।










प्रतिक्रिया