Logo

शिक्षा

डा. रुद्र शर्मा डिल्लीबजार कन्या क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा चयन



काठमाडौँ – डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा डा. रुद्र शर्मा चयन भएका छन्।

क्याम्पसले आज आयोजित साधारणसभामा २५ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो। समितिमा पूर्वमन्त्री विक्रमबहादुर थापा, पूर्वसांसद विशाल भट्टराई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवी लामा, भरत ढकाल र लोकेन्द्र शाह लगायतका सदस्य रहेका छन्।

विसं २०३७ देखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालनमा रहेको डिल्लीबजार क्याम्पसले ४५ वर्ष पूरा गरेको छ। क्याम्पस प्रमुख अपराजिता अर्यालका अनुसार हाल करिब ६५ जिल्लाका ७०० छात्राहरुलाई क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

सञ्चालक समितिका अध्यक्ष डा. शर्मा भने, “क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउन समयानुकूल सुधार र सबैको सहयोग आवश्यक छ।”

पूर्वमन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी सङ्ख्या बढाउन र क्याम्पसलाई सुदृढ बनाउन आवश्यक सुधार गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ४४ बजे