Logo

समाचार

सुनसरीबाट १ क्वीन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ



धरान (सुनसरी)। सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले १ क्वीन्टल ३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब १२ः४५ बजे बराहक्षेत्र नगरपालिका–३ नडाहा स्थित धरान–नडाहा सडकखण्डको जङ्गल क्षेत्रमा धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकमा प्याक गरी राखिएको अवस्थामा गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा कार चालक इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय करण साह र विराटनगर उपमहानगरपालिका–५ का २१ वर्षीय सचिन मेहता रहेका छन् ।

बरामद गाँजा, कार र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०४ बजे