काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा भएको छ । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य सबैको शोक सभामा उपस्थिति रहेको थियो ।
उनको निधनप्रति शोक व्यक्त गर्न २०८२ मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।















प्रतिक्रिया