Logo

राजनीति

एमाले ११औँ महाधिवेशन : उमेदवारी मनोनयन फाराम वितरण सुरु



काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवारी मनोनयन फाराम वितरण सुरु भएको छ । पार्टी निर्वाचन आयोगका अनुसार सोमबार (मंसिर २९) बिहान करिब ११ बजेदेखि फाराम वितरण गरिएको हो ।

उमेदवारी दर्ताका लागि भृकुटीमण्डपस्थित तीन स्थानबाट फाराम वितरण भइरहेको छ । निर्वाचन आयोगले उमेदवारी दर्ताको समय बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म तोकेको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने भएको छ । हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । दुवै समूहले अध्यक्षसहित सबै पदका उमेदवारको नाम टुंगो लगाइसकेको र त्यसको विवरण सार्वजनिक गरिसकेको जनाइएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने पार्टी निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : ०० बजे