काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (मंसिर २९) सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको थियो । लगातारको मूल्यवृद्धिसँगै सुनको भाउ नयाँ कीर्तिमानमा पुगेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि र घरेलु मागका कारण सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूको भनाइ छ ।










प्रतिक्रिया