काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल पनि उपस्थित थिए ।
अजय देवगनले फुटबल स्टारहरूसँग हात मिलाएपछि उनलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले स्वागत गरेका थिए । मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजित कार्यक्रममा क्रिकेट र फुटबल दुवैका प्रशंसकहरूका लागि यो दिन अविस्मरणीय बनेको थियो ।
मेस्सी आफ्नो GOAT इन्डिया टुर २०२५ को क्रममा वानखेडे स्टेडियम पुगेका थिए । सो अवसरमा उनले भारतीय फुटबलका दिग्गज सुनिल क्षेत्री र भारतरत्न प्राप्त क्रिकेट आइकन सचिन तेन्दुलकरसँग पनि भेटघाट गरे ।
कार्यक्रम सुरु हुनासाथ एंकरले दर्शकहरूलाई उत्साहित बनाएका थिए भने स्टेडियमभरि ‘मेस्सी, मेस्सी’ भन्ने नाराहरू गुञ्जिएका थिए । चर्चित भारतीय डीजे डी.जे. चेतसले बलिउड र अन्तर्राष्ट्रिय गीतहरू समेटिएको विशेष संगीत प्रस्तुत गरेका थिए ।
त्यसपछि ‘इन्डियन स्टार्स’ र ‘मित्रा स्टार्स’ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो । इन्डियन स्टार्स टोलीमा अभिनेता टाइगर श्रफ, फुटबल खेलाडी निखिल पुजारी र बाला देवी सहभागी थिए । मित्रा स्टार्स टोलीमा सुनिल क्षेत्रीसहित बेङ्गलुरु एफसीका खेलाडीहरू राहुल भेके र छिङलेन्साना सिंह कोंशाम रहेका थिए ।
‘GOAT इन्डिया टुर २०२५’ अन्तर्गत मेस्सीको अन्तिम गन्तव्य दिल्ली रहनेछ, जहाँ उनी आज पुग्ने कार्यक्रम रहेको छ । एएनआई
२९ मंसिर २०८२, सोमबार
92
Shares









प्रतिक्रिया