Logo

Breaking News 1

आज देशभर मुख्यतया मौसम सफा रहने



काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ४६ बजे