Logo

राजनीति

तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता निधि



रौतहट । नेपाली काङ्ग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन् । बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन् ।
‘यो सरकार तोकिएको समयमा निर्वाचन गराउन केन्द्रित हुनुपर्छ, उनले भने,अल्पकालीन वा दीर्घकालिन काम वा योजनाहरुमा लाग्नु भएन ।’ चुनावी वातावरण बिग्रार्न कसैले उपयोग गर्छ भनेपनि त्यसतर्फ नलाग्न उनले प्रधानमन्त्रीसँग अनुरोध गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले यसपालिको निर्वाचन संविधान र लोकतान्त्र रक्षाका लागि भएको बताए । अहिले चुनावको उदेश्य फरक रहेको बताउँदै उनले यो चुनाव कुनै पार्टीलाई बहुमत वा अल्पमत दिनका लागि नभएको बिचार राखे । जेन–जी आन्दोलन र त्यसपछिको घटना क्रमले संविधान, लोकतान्त्र वा प्रणालीमा क्षति गरेकाले यसको मर्मतका लागि चुनाव महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ३९ बजे