Logo

खेलकुद

साफ क्लब महिला च्याम्पियनसिप : पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा



काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपको आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले पराजित गरेको हो ।
आजको खेलमा एपीएफको जितका रश्मिकुमारी घिसिङले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उनले खेलको ५२औं मिनेटमा गोल गरेकी हुन् भने पेनाल्टी बक्स बाहिरबाट मिडफिल्डर रेनुका नगरकोटेले दिएको हाइ बललाई उनले सिक्स यार्ड बक्सबाट सहजै हेडर गर्दै गोलमा परिणत गरेकी थिइन् ।

आजको जितसँगै एपीएफले ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिग चरणको चार खेल खेलिसकेको कराँची लगातार दुई हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब एपीएफले लिग चरणमा भारतको इस्ट बंगला एफसीसँग अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ४७ बजे