काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । बैठक २०८२ मंसिर २९ गते बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी सूचनाअनुसार बैठक बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।
बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।










प्रतिक्रिया