Logo

राजनीति

युवराज ज्ञवालीद्वारा पदाधिकारीमा चुनाव नलड्ने घोषणा



काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको नयाँ केन्द्रीय कमिटीका लागि पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन्।

ज्ञवालीले पदाधिकारीमा चुनाव नलडे पनि पार्टी राजनीति भने नछाड्ने बताएका छन्। पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र सुरु हुँदै छ। केन्द्रीय कमिटी बैठकपछि भृकुटीमण्डपमै बन्दसत्र हुने तय गरिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : ५२ बजे