Logo

Breaking News 1

एमालेको महाधिवेशनको बन्दसत्र आज अपरान्हदेखि



काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु हुने बन्दसत्रको समय सरेको छ ।

आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने भनिएको बन्दसत्र भने मध्याह्न १२ः३० बजेको लागि सारिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो । अध्यक्ष ओलीले केन्द्रीय कमिटी मार्फत अघि सारेका विभिन्न प्रस्ताव बन्दसत्रमा पेस हुनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ३३ बजे