काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जारी बधाई सन्देशमा उनले भनेकी छन्, “राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद।”
लुम्बिनी लायन्सले फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक एनपीएल २०२५ को उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स दोस्रो पटक पनि उपविजेतामा सिमित भएको छ।










प्रतिक्रिया