काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्स सुदूरपश्चिमविरुद्ध जितनजिक पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको समाप्तिसम्म २ विकेट गुमाएर ७२ रन बनाएको छ ।
लुम्बिनीका ओपनर दीनेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाउँदै आक्रामक सुरुआत दिलाए । डार्सी शर्टले १४ रन जोडे । हाल कप्तान रोहितकुमार पौडेल ८ र निरोसान डिकवेला ६ रनमा अविजित छन् । सुदूरपश्चिमका हर्मित सिंहले दुवै विकेट लिएका छन् ।
लुम्बिनीलाई जितका लागि अब १४ ओभरमा १४ रन मात्र आवश्यक छ ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो ।










प्रतिक्रिया