Logo

मुख्य समाचार

एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक र राजनीतिक उपलब्धिहरूको चर्चा गर्दै एमालेको योगदान र भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघी बढीरहेको बताए ।

अध्यक्ष ओलीले भने, ‘हामी सपना त देख्छौं तर सपना मात्रै देख्दैनौं, सपना मात्रै बाड्दैनौं । प्रत्येक दिन यस यात्रामा एक पाइला अघी बढ्छौं । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तर उन्नतिका लागि भएका कामहरूले यसको पुष्टि गर्दछ । विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’

साथै उनले सबै बाधा छिचोलेर आजसम्म आइपुग्दा एमाले जनताको मनमनमा र मुटुमुटुमा बसेको बताए । ‘सबै बाधा छिचोलेर हामी यहाँ छौं । यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मनमनमा छ, मुटुमुटुमा छ,’ उनले थपे, ‘हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनुपर्दछ । राजनीति मानव र मानव संसाधनको विकास र खुशियालीसँग सम्बन्धित हुनुपर्दछ। हाम्रो राजनीति हाम्रो लागि मात्र होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनुपर्दछ ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४९ बजे