Logo

राजनीति

कांग्रेस तनहुँबाट प्रतिनिधिसभा तथा राष्ट्रियसभाका लागि ३९ जना सिफारिस



तनहुँ — नेपाली कांग्रेस तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवारका नाम सिफारिस गरेको छ। पार्टीको शुक्रबार (मंसिर २६) सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर–१ र २ बाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारका नाम चयन गरेको हो।

क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जनाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा सिफारिस भएका नामहरू यस प्रकार छन्: गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा. जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल, श्यामकुमारी मौराती।

समानुपातिकतर्फ यस क्षेत्रमा दलिततर्फ डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपांग/अल्पसंख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना र साहिदा खातुन, अन्यतर्फ समुन्द्र गोदार र हरिदत्त पौडेलको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शंकर भण्डारीसहित सातजनाको नाम सिफारिस भएको छ। यस क्षेत्रमा सिफारिस भएका नामहरू यस प्रकार छन्: शंकर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चूडामणि खनाल, चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनाल। समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरे चयन भएका छन्।

राष्ट्रियसभाका लागि क्षेत्र नम्बर–१ र २ बाट कुलचन्द्र वाग्ले, धु्रव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा. कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनालको नाम सिफारिस गरिएको छ।

सिफारिसअनुसारको नामावली कांग्रेस तनहुँमार्फत गण्डकी प्रदेश समिति हुँदै केन्द्रीय कार्यसमितिमा पठाइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : २१ बजे