Logo

मुख्य समाचार

एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड अनुपस्थित हुने



काठमाडौं– नेकपा (एमाले) को ११औं महाधिवेशन आज भक्तपुरमा उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा एमालेका नेता तथा कार्यकर्तासहित विभिन्न दलका नेताहरूलाई पनि निम्ताइएको छ।

तर, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) उद्घाटन कार्यक्रममा सहभागी हुने छैनन्। प्रचण्ड सुर्खेतमा आफ्नो पार्टीको एकता सन्देशसभामा सहभागी हुने तयारीमा रहेका छन्। उनले आफ्नो दलबाट देवप्रसाद गुरुङलाई महाधिवेशनमा प्रतिनिधि पठाउने निर्णय गरेका छन्।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १७ बजे