काठमाडौं । नेपाली शिक्षा परिषद्ले ‘अमृत वर्ष महोत्सव’को अवसरमा विशेष कविगोष्ठी आयोजना गरेको छ । कविगोष्ठी शुक्रबार (मंसिर २६) काठमाडौंको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा सम्पन्न भयो ।
कार्यक्रममा शिवगोपाल रिसाल, पुरुषोत्तम सिग्देल, रमेश खकुरेल, डा. जीवन अधिकारी, उत्तम विचार, रामचन्द्र घिमिरे, कल्पना भट्टराई, प्रभा भट्टराई आचार्य, राधिका पन्त, रामचन्द्र न्यौपाने वनवासी, खगेन्द्र खोल्साघरे, गीता कार्की, बद्री पोख्रेल, रूपक अलंकार, कोषराज न्यौपाने, त्रिभुवनचन्द्र वाग्ले, निर्मलरमण पराजुली, चन्द्रवदना घिमिरे, डा. बमबहादुर जिताली, दिव्यचन्द्र आचार्य, मुकुन्द शर्मा चालिसे, रमेश शुभेच्छु र जगदीश्वर पोख्रेललगायत कविले आफ्ना काव्यरचना प्रस्तुत गरे ।
कार्यक्रममा साहित्यकार जगत् उपाध्याय प्रेक्षितले साहित्य, कला र संस्कृतिको उन्नयनमा नेपाली शिक्षा परिषद्ले पुर्याएको योगदानको प्रशंसा गरे ।
अग्रज साहित्यकार तथा परिषद्की अध्यक्ष रमा शर्माले वि.सं. २००८ सालमा स्थापना भएको परिषद् देशकै पुरानो साहित्यिक संस्थामध्ये एक भएको उल्लेख गर्दै संस्थाले सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराइन् ।










प्रतिक्रिया