Logo

मुख्य समाचार

एमाले महाधिवेशन उद्घाटनमा देउवा अनुपस्थित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको उद्घाटन समारोहमा देउवा उपस्थित नहुने कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार देउवाको सट्टामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको प्रतिनिधित्व गर्नेछन् ।

नेकपा (एमाले)को ११औँ महाधिवेशन आज (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित चौरमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ४९ बजे