Logo

मुख्य समाचार

मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।
जसका कारण शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : ३२ बजे