काठमाडौं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनका सबै तयारी पूरा भएको जनाएको छ। शुक्रबार (मंसिर २६) भक्तपुरको सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने जानकारी दिए।
उनका अनुसार १०८ रोपनी क्षेत्रफलमा पहिलोपटक कलात्मक मञ्च निर्माण गरिएको छ। महाधिवेशनका क्रममा करिब २०० बढी वेशभूषाका झाँकी प्रदर्शन गरिने तयारी समेत छ। कार्यक्रममा सहभागी सहज बनाउन कोटेश्वर–गट्ठाघरसम्म गाडी आवागमनको व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।
भट्टराईले वर्तमान संविधान खारेज गर्ने प्रयास भइरहेकाले महाधिवेशनले त्यसबारे ‘निर्णायक’ जवाफ दिने बताए। यसपटक एमालेले विदेशी अतिथि नबोलाउने निर्णय गरेको छ। तर, विभिन्न देशका पार्टीहरूले भ्रातृत्व तथा कूटनीतिक शुभकामना सन्देश पठाइसकेको पार्टीले उल्लेख गरेको छ।










प्रतिक्रिया