काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर २६) चार नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। सिफारिस सूचीमा जुम्लाका माधव चौलागाईं वनमन्त्रीका रूपमा प्रस्तावित भएका छन्।
चौलागाईं पछिल्लो समयमा चर्चित ‘जुरुक्कै कर्णाली’ गीतका लेखकका रूपमा पहिचित छन्। जुम्लाको तातोपानी गाउँपालिका–लाम्रागाउँ निवासी उनी ‘कुडा कर्णालीका’ नामक कर्णाली साहित्य महोत्सवका आयोजकसमेत हुन्। उक्त टोलीमार्फत हरेक वर्ष महोत्सव सञ्चालन हुँदै आएको छ। साथै, उनीहरू प्रत्येक महिना काठमाडौंमा ‘कर्णाली डिस्कोर्स’ कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन्।
शैक्षिक रूपमा चौलागाईं शिक्षाशास्त्र संकायअन्तर्गत स्वास्थ्य विषयमा मास्टर डिग्रीधारी छन्। उनले ग्रामीण विकास (आरडी) मा एमए पूरा गरेका छन् भने हाल मानवशास्त्रमा एमफिल गरिरहेका छन्।










प्रतिक्रिया