Logo

विश्व

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी


२६ मंसिर २०८२, शुक्रबार  

299
Shares

काठमाडौं । जापानको उत्तरी तट क्षेत्रमा शुक्रबार ६.७ म्याग्निच्युडको भूकम्प आएपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। जापानको मौसम विभागका अनुसार भूकम्पपछि समुद्र सतहमा उतारचढाव देखिए पनि हालसम्म कुनै क्षतिको विवरण आएको छैन।

आओमोरी प्रिफेक्चरका तटीय क्षेत्रबाट ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय प्रशासनले जनाएको छ। केही दिनअघि सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प आएर कम्तीमा ५० जना घाइते भएका थिए।

भूवैज्ञानिक विज्ञहरूले आगामी ३० वर्षभित्र जापानमा ठूलो भूकम्प आउने सम्भावना ६० देखि ९० प्रतिशत रहेको चेतावनी दिएका छन्।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : ३१ बजे