Logo

मुख्य समाचार

सरकार र जेनजीप्रतिनिधिबीचको सम्झौता अनुमोदन



काठमाडौं । सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।
उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकताकासाथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।’
त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ७ : ४५ बजे