Logo

खेलकुद

लुम्बिनीविरुद्ध विराटनगरको खराब सुरुआत



काठमाडौं । एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले खराब सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पहिलो छ ओभरमै तीन विकेट गुमाउँदै २८ रन मात्र जोडेको थियो। ओपनर मार्टिन गप्टिल दुई रनमा र फाफ डु प्लेसिस तीन रनमा आउट भए भने लोकेश बम गोल्डेन डकमा पभेलियन फर्किए। दुई ओभर पूरा हुँदा टोलीले तीन विकेट खसालेर सात रन मात्र जोडेको थियो।

लुम्बिनीका रुबेन ट्रम्पेलमनले दुई तथा शेर मल्लले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ६ : ३३ बजे