Logo

समाचार

भिजिट भिसा अनियमिततामा सात जना र दुई कम्पनीविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा अनियमितता प्रकरणमा सात व्यक्ति र दुई ट्राभल कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले बिहीबार (मंसिर २५) विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

मुद्दामा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन अधिकारी तीर्थराज भट्टराई र यज्ञराज अर्याललाई भ्रष्टाचार आरोपसहित प्रतिवादी बनाइएको छ। साथै ग्रीनलाइन होलिडेज प्रालि र फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स तथा यी कम्पनीका संचालक बालकृष्ण खड्का, राम खड्का र दीपक भण्डारीसमेत समावेश छन्।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सहसचिव भट्टराई, सीआईएसटी ल्याबकी सहायक कविता पौडेल र जग्गा व्यवसायी ख्यामप्रसाद सुवेदीमाथि घुसबाट प्राप्त रकम उपयोग गरेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ५ : २१ बजे