Logo

समाचार

‘जेनजी’ सहमति विरोधमा मिराज समूहद्वारा आज सिंहदरबार घेराउ



काठमाडौं । सरकार र ‘जेनजी’ समूहबीच बुधबार साँझ भएको १० बुँदे सहमतिविरुद्ध मिराज ढुंगाना नेतृत्वको समूह आज (मंसिर २५) सिंहदरबार घेराउमा उत्रने भएको छ। समूहका अगुवा हरिश भट्टले सरकारले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाउँदै सहमतिको प्रक्रियाप्रति असन्तुष्टि जनाए।

भट्टका अनुसार सरकारले “कसैलाई काखा र कसैलाई पाखा” गरेको भन्दै आफ्नो समूहलाई सिंहदरबार प्रवेशमै रोक लगाइएका बेला “सरकार नजिकका व्यक्तिलाई भित्र बोलाएर मस्यौदाको ड्राफ्ट तयार पारेर सहमति गरिएको” आरोप लगाइयो। सहमति सार्वजनिक भएपछि समूहले बुधबारै एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो।

सरकार र जेनजी समूहबीच मंसिर २४ गते भएको सहमतिलाई अस्वीकार गर्दै मिराज समूह आजका लागि सिंहदरबार घेराउ कार्यक्रम घोषणा गरेको हो।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  २ : ०५ बजे