Logo

मुख्य समाचार

हिक भिजनको ‘बार्षिक वितरक भेला २०२५’ सौराहामा हुने



काठमाडौँ। हिक भिजन ब्रान्डको ‘बार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा मङ्सिर २७ गते हुने भएको छ। नेपालका आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिले आयोजन गर्ने भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झीले विशेष सम्बोधन गर्नेछन्।

कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीका अनुसार कार्यक्रममा देशभरका अधिकृत वितरक सहभागी हुने छन्। भेलामा सूचना प्रविधि क्षेत्रका उद्यमी तथा वितरक साझेदारले हिक भिजनका उत्पादन तथा फ्रेन्ड्ली सफ्टवेयरसम्बन्धी नवीनतम् जानकारी पाउनेछन्। भेला सन् २०२५ को समीक्षा, सन् २०२६ का योजना प्रस्तुति तथा २०२४ का उत्कृष्ट दस डिलरसहित अन्य डिलरहरूको सम्मानसमेत केन्द्रित रहने बताइएको छ।

म्याक्सिमाका सञ्चालक समितिका अध्यक्ष तथा कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजनका उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दा रहेको दाबी गर्दै वार्षिक भेला ब्रान्ड प्रवर्द्धनमा सहयोगी हुने बताए। हिक भिजनका सिसिटिभी सर्भिलान्स सिरिज, स्मार्ट इन्टरएक्टिभ बोर्ड, हाजिरी उपकरण, लक सिस्टम, गेट ब्यारेयर, अलार्म सिस्टम, फायर–स्मोक डिटेक्टर, अण्डर–भेहिकल सर्भिलान्स प्रणाली तथा एक्स–रे मेसिनलगायतका उपकरण नेपालभरका अधिकृत बिक्रेता मार्फत ‘इन्स्टलेशन’ सुविधासहित उपलब्ध छन्।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १२ : २४ बजे