काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्न उक्साएको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा आयोजित यातायात श्रमिक तथा व्यवसायीहरूको भेलामा सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र ‘लुसिफर’ समूहलाई भण्डारी र पोखरेललाई उचालेर राजनीतिक उद्देश्य पूरा गर्न खोज्दा नसोच्न चेतावनी दिए।
बस्नेतले आगामी निर्वाचनमा पुनः नेकपा एमाले बहुमतसहित सरकार गठन गर्ने दाबी गर्दै ओलीलाई पुनः बहुमतको प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार ‘एमालेको नीति र नेतृत्व ठीक भएकाले आत्मविश्वास मजबुत रहेको’ छ।










प्रतिक्रिया