Logo

मुख्य समाचार

जाँचबुझ आयोगमा आज खापुङ र दुवाडीको बयान



काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीलाई आज बयानका लागि उपस्थित गराएको छ। आन्दोलनको २३ गते प्रहरीद्वारा अत्यधिक बल प्रयोग भएको आरोपमा आयोगले यसअघि खापुङलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो।

आयोगले दुवै जनामाथि विदेश यात्रा तथा काठमाडौं उपत्यकाबाहिर नजान रोक लगाएको छ। जेन–जी आन्दोलनकालीन समयमा दुवाडी गृहसचिव थिए। उनलाई अन्तरिम सरकारले असोज ७ गते गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो। आयोगका अनुसार दुवाडी प्रतिबन्धको बीचमा अनुमतिपछि उपत्यकाबाहिर गइसकेका छन्।

खापुङ र दुवाडीको बयानपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि बोलाउने तयारी गरेको छ। आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग बयान लिइसकेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १२ : ०५ बजे