Logo

अर्थ

चार कम्पनीको लाभांश घोषणा



काठमाडौं । नेप्सेमा सूचीकृत चार कम्पनीले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरित गर्न प्रस्तावित लाभांश सार्वजनिक गरेका छन्।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले करसहित ६.५ प्रतिशत बराबर आठ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा करसहित ५ प्रतिशत नगद सहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र करसहित १६.०५ प्रतिशत नगद लाभांश रहनेछ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पुँजीको ५ प्रतिशतका दरले १५ करोड १४ लाख ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ।

यी सबै प्रस्तावहरू सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ११ : २४ बजे