Logo

Breaking News 1

आजको मौसम : देशभरको मौसम मुख्यतया सफा



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ७ : ३४ बजे