काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर सार्वजनिक गर्दै प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म कायम गरेको छ। कम्पनीले बीमितको दायित्व मूल्यांकन तथा बीमांकीय प्रतिवेदनका आधारमा बोनस दर निर्धारण गरेको हो।
विषम आर्थिक परिस्थितिबीच पनि नेपाल लाइफले आफ्नो बोनस दर स्थिर राख्न सफल भएको कम्पनीले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बोनस दर स्थिर राख्न रणनीतिक निर्णयहरूले भूमिका खेलेको बताए। उनले बीमित, अभिकर्ता, कर्मचारी, सञ्चालक समिति र अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।
सावधिक जीवन बीमालेख जस्तै सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, सुनिश्चित भविष्य, शिक्षा जीवन बीमा, जीवन लक्ष्मी तथा जीवन उदय एकल अन्तर्गत ०–२० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २१–२५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ८२ रुपैयाँ कायम गरिएको छ। नौलो सुरक्षित तथा नौलो केटाकेटी जीवन बीमामा ०–२० वर्ष अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ, २१–२५ वर्षका लागि ७२ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ८२ रुपैयाँ बोनस कायम गरिएको छ। जीवन समुनन्त बीमालेखमा ०–२० वर्षका लागि प्रतिहजार ५६ रुपैयाँ, २१–२५ वर्षका लागि ६० रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ७० रुपैयाँ कायम गरिएको छ।
सुनौलो भविष्य जीवन बीमा योजनामा (विकल्प १/२) ०–१९ वर्षका लागि प्रतिहजार ६० रुपैयाँ, २०–२५ वर्षका लागि ६२ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ कायम गरिएको छ। विकल्प १ (एकल बीमाशुल्क) अन्तर्गत ०–१९ वर्षका लागि प्रतिहजार ५५ रुपैयाँ, २०–२५ वर्षका लागि ५७ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ६० रुपैयाँ कायम गरिएको छ। जीवन साहारा र अनमोल जीवनबीमा अन्तर्गत ०–२० वर्षका लागि ६० रुपैयाँ, २१–२५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्षदेखि माथि अवधिका लागि ८२ रुपैयाँ बोनस कायम गरिएको छ।
अग्रिम भुक्तानी सावधिक बीमालेख जस्तै जीवन समृद्धि, धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन योजनामा सबै अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ कायम गरिएको छ। अन्य योजनामा, जीवन सारथी अन्तर्गत ०–२० वर्षका लागि प्रतिहजार ६२ रुपैयाँ, २१–२५ वर्षका लागि ७२ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ८५ रुपैयाँ बोनस कायम गरिएको छ।
कम्पनीका अनुसार यी दर सबै लागू बीमालेखमा तत्काल प्रभावका साथ लागू हुनेछन्।










प्रतिक्रिया