Logo

खेलकुद

काठमाण्डूविरुद्ध लुम्बिनीको सुस्त सुरुआत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले दिएको ११२ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले पावर प्लेमा सुस्त सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बुधबार भएको खेलमा लुम्बिनीले पहिलो ६ ओभरमा एक विकेट गुमाउँदै २९ रन जोड्यो।

लुम्बिनीका डी’एर्सी सर्ट १६ रनमा, कप्तान रोहितकुमार पौडेल ८ रनमा क्रिजमा छन्। यसअघि आउट भएका दिनेश अधिकारीले ४ रन योगदान दिए। काठमाण्डूका सनी पटेलले एक विकेट लिए।

पहिलो इनिङमा काठमाण्डू गोर्खाज १९.१ ओभरमै समेटिँदै १११ रनमा रोकिएको थियो।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : २५ बजे