Logo

राजनीति

सरकार–जेनजीबीचको सहमति आज साँझ सार्वजनिक हुने



काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच भएको सहमतिलाई आज साँझ सार्वजनिक गर्ने तयारी भएको छ। प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणका अनुसार बुधबार साँझ करिब साढे ६ बजे दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गर्नेछन् र सोही कार्यक्रममार्फत सहमतिपत्र सार्वजनिक गरिनेछ।

दुवै पक्षबीच पछिल्ला दिनहरूमा चलिरहेको वार्ता निष्कर्षमा पुगेसँगै सहमतिपत्र सार्वजनिक गर्ने समय तय गरिएको हो।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : २३ बजे