काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सफ्टवेयर मर्ज कार्यका कारण तीन दिनका लागि सबै सेवा बन्द गर्ने भएको छ। संस्थाका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार क्षेत्रपाटी र त्रिपुरेश्वर शाखा गाभिनुका साथै महाराजगन्ज–कमलादी शाखाको सफ्टवेयर एकीकरण गर्नुपर्ने भएकाले मंसिर २६ गते दिउँसो ३ बजेदेखि २८ गतेसम्म सेवा स्थगित हुने जनाएको हो।
सेवा अवरुद्ध रहने अवधिमा अनलाइन भुक्तानी, महसुल संकलन काउन्टर, नयाँ धारा जडान लगायत सबै सेवा बन्द रहने केयूकेएलले जनाएको छ।










प्रतिक्रिया