काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागसँगको छलफलपछि भन्सार एजेन्ट महासंघ नेपालले देशभरका भन्सार कार्यालयहरूमा सञ्चालन गरिएको ‘पेन डाउन’ लगायतका सबै विरोध कार्यक्रम फिर्ता लिएको छ।
महासंघले मंसिर २३ गतेदेखि भन्सार ऐन २०६४ का केही प्रावधानले पेसागत हकहितमा नकारात्मक असर परेको भन्दै विरोध कार्यक्रम सञ्चालन गरेको थियो। ती प्रावधानले भन्सार एजेन्टको काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा बाधा पुगेको महासंघको भनाइ थियो।
छलफलपछि महासंघका मागहरू सकारात्मक रूपमा सम्बोधन गर्ने सहमति बनेको महासंघका अध्यक्ष प्राचीनकुमार वैद्यले बताए। भन्सार विभागले पनि महासंघका विभिन्न माग विभागीय रूपमा, कार्यालय स्तरमा तथा ऐन–नियमावली संशोधनमार्फत सम्बोधन गर्नुपर्ने मुद्दाहरू अर्थ मन्त्रालयलाई जानकारी गराएको जनाएको छ।
भन्सार विभागद्वारा जारी विज्ञप्तिअनुसार अर्थ मन्त्रालयले पेश गरिएका मागहरू क्रमशः सम्बोधन गर्दै जाने निर्णय गरेको छ।










प्रतिक्रिया