Logo

अर्थ

सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश घोषणा



काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ०२ बजे