Logo

समाचार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा प्रदीप अधिकारी ५ लाख धरौटीमा रिहा



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले अधिकारीको पदीय हैसियत, उनीमाथि प्रस्तुत आरोप तथा परियोजनामा रहेको भूमिकालाई आधार बनाउँदै धरौटी तोकेको हो।

उक्त मुद्दामा अभियुक्त तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाई भने १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

विशेष अदालतले दुवै जनालाई अनुसन्धान र मुद्दाको प्रक्रियामा उपस्थित रहने शर्तमा धरौटीमा रिहा गर्न अनुमति दिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५२ बजे